आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण माग
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | १६:४५:०० मा प्रकाशित
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।
ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–११ मकवानपुरको गुण निर्माण सेवा, काठमाडौँको सिरुवा–कविर–सुनकोसी जेभी, पर्सा जानकीटोल–४ को मुस्कान सप्लायर्स, बानेश्वर–१० को अनुष्ठान कन्स्ट्रक्सन, तीनकुनेको सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, वीरगञ्जको दिल्ली ट्रेडिङ र चितवनको जयगढी माई निर्माण कन्स्ट्रक्सनलाई स्पष्टीकरण पेस गर्न भनिएको छ ।
यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्नका लागि विभिन्न निकायबाट खरिद अनुगमन कार्यालयलाई पत्राचार गरिएको थियो ।
सोही पत्रका आधारमा खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार–प्रमाण भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनी यसअघि नै सूचना जारी गरेको थियो । तर यी कम्पनीले हालसम्म पनि लिखित स्पष्टीकरण पेस नगरेकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको जनाइएको छ ।
ठेक्का सम्झौताअनुसार काम नगर्ने यी कम्पनीसित सात दिनभित्र लिखित स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआएमा कालोसूचीमा राखिने कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस