अटो मोवाइल्स व्यवसायीहरुकाे प्रदर्शन : माइतीघर मण्डलामा राष्ट्र बैंकको विरोध
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | १२:५१:०० मा प्रकाशित

काठमाडौं । सरकारले गाडी आयातमा प्रतिबन्ध र राष्ट्र बैंकले बैंकिङ ब्याजदरमा कडाई गरेको भन्दै अटो मोवाइल्स व्यवसायीहरुले राष्ट्र बैंकको विरोधमा माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेका छन् ।
पूर्वघोषित कार्यक्रम अनुसार बिहीबार बिहान ११ बजे अटो मोवाइल्स व्यवसायीहरुको संगठन नाडा अटोमोवाइल्स एसोसिएसनको नेतृत्वमा व्यवसायीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अटो व्यवसायसँग सम्बन्धित विभिन्न संगठनहरुले प्लेकार्ड र ब्यानर बोकेर सहभागी भएका छन् ।
सरकार र राष्ट्र बैंकको गलत नीतिका कारण आफूहरुको व्यवसायी धरापमा परेको र बैंकको ऋण तिर्न नसकेर विस्थापित हुन विवश भएकोले विरोध कार्यक्रम गरेका छन् ।
देशभरका अधिकांश अटो मोवाइल्स सेन्टरहरु बन्द भएको र व्यवसायीलाई अर्बौंको क्षति पुगेको छ । विरोध कार्यक्रममा दर्जनौं व्यवसायीहरु सहभागी छन् । ११ बजे सुरू भएकाे विरोध कार्यक्रम अहिले पनि जारी छ । नाडाले गत साता पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस