दोलखामा सत्ता गठबन्धनकै उम्मेदवारकाे मत अग्रता
- गाउँ सहर संवाददाता
- १७ मङ्सिर शनिबार, २०७९ | १७:५८:०० मा प्रकाशित

काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारकै अग्रता देखिएको छ ।
हालसम्म २२ हजार ९६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार गंगा कार्कीले १० हजार ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले नौ हजार ४७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
दोलखाको प्रदेशसभा ‘क’मा १९ हजार ३६७ मतगणना गर्दा सत्ता गठबन्धनबाट उमेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले नौ हजार ३६८ मत तथा एमालेका नरबहादुर श्रेष्ठले सात हजार ९०१ मत ल्याएका छन् ।
प्रदेशसभा ‘ख’मा २४ हजार ४१० मतगणना हुँदा कांग्रेसका वर्मा लामाले १० हजार ४७२ र एमालेका भरत केसीले नौ हजार ८०३ मत प्राप्त गरेका छन् ।
दोलखामा कुल ८५ हजार ३८८ मत खसेको छ । दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए । १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उमेदवार चुनावी मैदानमा सहभागी भए । रासस

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
प्रतिकृया दिनुहोस