विश्वकप अन्तर्गत आज चार खेल हुँदै
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ०९:२४:०० मा प्रकाशित

काठमाडाैं । कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् ।
आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा इरान पहिलो जित निकाल्ने योजनामा हुनेछ । इरान पहिलो खेमला इङ्ल्यान्डसँग ६–२ गोल अन्तरले हारेको थियो ।
यता वेल्स भने पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरी खेलेको थियो । त्यसैले आजको खेलमा दुवै टोलीलाई जित आवश्यक छन् । दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
नेदरल्यान्ड्स र इक्वेडर लगातार दोस्रो जितको खोजीमा हुनेछ । दुबै टोलीले पहिलो. खेलमा सहज जित निकालेको थियो । चौंथो खेलमा इङ्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२ः ४५ बजे सुरु हुनेछ ।
इङ्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । अमेरिका पहिलो जित निकाल्न चाहन्छ । अमेरिकाले पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस