पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हरायाे
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ०६:२७:०० मा प्रकाशित
विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे ।
घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । घानाका लागि खेलको ७३ औं मिनेटमा आन्द्रे अवेले बराबरी गोल फर्काए ।
खेलको ७८ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए । खेलको ८० औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ गोलको अग्रता दिलाए ।
८९ औं मिनेटमा घानका लागि बुकारीले एक गोल फर्काए पनि पोर्चुगलले ३–२ गोलको जित निकाल्यो । जितसँगै पोर्चुगलले ३ अंक जोड्यो । यता घानाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस