पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हरायाे
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ०६:२७:०० मा प्रकाशित

विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे ।
घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । घानाका लागि खेलको ७३ औं मिनेटमा आन्द्रे अवेले बराबरी गोल फर्काए ।
खेलको ७८ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए । खेलको ८० औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ गोलको अग्रता दिलाए ।
८९ औं मिनेटमा घानका लागि बुकारीले एक गोल फर्काए पनि पोर्चुगलले ३–२ गोलको जित निकाल्यो । जितसँगै पोर्चुगलले ३ अंक जोड्यो । यता घानाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस