आ. व. ७९/८० काे पहिलो चौमासिकमै ४ खर्ब ७७ अर्ब व्यापार घाटा
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १६:४३:०० मा प्रकाशित

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये रु पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा रु ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।
प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट रु तीन खर्ब २२ अर्ब १८ करोड बराबरको आयात गरेको छ भने रु ३८ अर्ब ६० करोड बराबरको मात्रै निर्यात गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस