नेमकिपा र भक्तपुर-१ पर्याय, प्रेम सुवाल फराकिलो मतान्तरसहित पुनः विजयी
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ११:२६:०० मा प्रकाशित
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उमेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । उनी भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा फेरि निर्वाचित भएका हुन् ।
बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले ४२ हजार ७६१ मत पाएका छन् । दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार भरतबहादुर खड्काले नौ हजार ३०३ मत, सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुनील गोठे पाँच हजार २८३ मतसहित चौथो स्थानमा रहे ।
०७४ मा सुवाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ ।
०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी प्रेम सुवाल २०७४ सालको चुनावमा उम्मेदवार बनेर रोहितको उत्तराधिकारीका रुपमा देखिए ।
नेमकिपा र भक्तपुर १ अब त पर्याय नै भइसके । यतिसम्म कि यहाँ चुनाव नै नगरी यो क्षेत्रमा नेमकिपालाई विजयी घोषित गरे हुन्छ भन्ने चर्चासमेत चल्छ । यसपल्ट पनि त्यो चर्चा अनुसार नै भक्तपुर एकमा प्रेम सुवाल निर्वाचित भए । उनको जितको अन्तर यति धेरै छ कि उनका प्रतिस्पर्धी सबैको मत जोड्दा पनि उनी अघि हुन्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
प्रतिकृया दिनुहोस