दृष्‍टिकोण

याे पुस्ताले विदेशी लर्काे, भ्रष्टाचार राेक्दै व्यवस्था परिवर्तनकाे व्ल्याकमेलिङ्ग बन्द गर्न सक्नुपर्छ

देशमा चुनावी परिणमहरु यथास्थितिवादीले भन्दा नौलो आइरहेका छन् । पुरानै पार्टीका पनि दोस्रो पुस्तासम्मका नेताले चुनाव जितिरहँदा अब त बुढो भइएछ, पार्टीको संरक्षणमा लाग्नैपर्ने भएको रहेछ भन्ने भान परेकाे हुनुपर्छ । यो अत्यन्तै राम्रो पक्ष देखिएको छ ।

पुरानै पार्टीका अनि पटकपटक टेस्टेडसँग दिक्काएका जनताले मान्छे हेरेर मत दिएको प्रष्टै हुन्छ । सोही पार्टीबाट दालभात चलाएकाले पनि छानेरै मत दिएको अब लुकाउने विषय रहेन । हो जनताले नयाँपन पक्कै खोजेका छन् ।

यस्तै नेपाली कांग्रेसमा लामो समय हकहितको विषयमा आवाज बुलन्दै पार्दै आएको पुस्ता नेतृत्वमा पुग्न र पुगेको छ । यो परिवर्तन हो । यसैको उदाहरण हो गगन कुमार थापा र विश्वप्रकाश ।

उमेर, जोश र जाँगरका धनी यही पुस्ताका अरु र नयाँ पुस्ताको लागि उनीहरुको अबका दिनको कार्य र प्रेरणा झनै महत्वपूर्ण छ ।

यहि भित्रको मास भन्दैछ, ‘अब देश गगनले र पार्टी विश्वले चलाउने ।’ आहा.. सुन्दै आनन्द लाग्ने यो शब्द केहीको लागि अपाच्य अझै होला तर जनताले त्यहि चाहेको छर्लङ्गै भएको छ । यदि यो पुस्तामा कांग्रेस जाने हो भने अबका दिनमा युवाको विदेश यात्रा रोकिन सक्छ अनि वृद्धवृद्धालाई भत्ता दिनु नपर्ने हुन्छ । किनकी यो पुस्तासँग सबैलाई अटाउनसक्ने र सबैलाई धनी पार्नसक्ने ल्याकत देखिन्छ ।

क्रमशः देशमा मान्छे चुन्ने परम्परा आएको देखिएको छ, यो सबैको लागि खुसीको कुरा हो । सबैतिरबाट तालीको गडगडाहट आउन थालेको छ । किनकी व्यवस्थाको परिवर्तनसँग दलाली धेरै गरेको र व्यक्ति धनी हुने गलत परम्परा यो पुस्ताले तोड्नु जरुरी छ । आधारभूत आवश्यकता पुरा गर्नको लागि अझै रुनुपर्ने रपनि नपाउने परम्परा यो पुस्ताले दिनु अपरिहार्य छ ।

उत्पादनमुखी अर्थतन्त्रमा जाेड दिँदै गरिबले आफैँ बाँच्नसक्ने वातावरणकाे सुनिश्चित गर्न सक्नुपर्छ । आयातित वस्तुमा कटाैति गर्दै आत्मनिर्भर अर्थतन्त्र र जीवनकाे लागि याे पुस्तान्तरले काम गर्नुपर्ने देखिएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत