नेपाल टेलिकमको आम्दानी सामान्य बढ्यो
- गाउँ सहर संवाददाता
- ३० कार्तिक बुधबार, २०७९ | १४:२७:०० मा प्रकाशित

काठमाडाैं । नेपाल टेलिकमको आम्दानी बढेको छ भने नाफामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार साउनदेखि असोजसम्म टेलिकमको आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा आठ करोड ७७ लाख ४३ हजार रुपैयाँले धेरै हो ।
यस्तै तीन महिनामा कम्पनीको कुल सञ्चालन आय नाै अर्ब सात करोड ७५ लाख रुपैयाँ रहेको छ । यो गएकाे वर्षको तुलनामा ६९ करोड ७७ लाख रुपैयाँले कमी हो । टेलिकमको कुल आयमा सामान्य वृद्धि भए पनि नाफा भने घटेको छ । साउनदेखि असोजसम्म दुई अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा भएको र यो अघिल्लो वर्षको तीन महिनाको तुलनामा तीन करोड ४३ लाख रुपैयाँले थोरै भएको टेलिकमले जनाएको छ ।
भ्वाइस सेवाको प्रयोग घट्दो र मोबाइल डाटा किन्नेहरू बढ्नु, अरू कम्पनीमा हुने अन्तर–आबद्धता कल घट्नु, मौसम प्रतिकूलताका कारण बिजुली आपूर्तिमा कमी आएर सेवा प्रभावित हुनु लगायतका कारण नाफामा कमी आएको टेलिकमले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस