सडक/यातायात
झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २९ कार्तिक मंगलबार, २०७९ | १९:१२:०० मा प्रकाशित

झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार कन्काई नपा वडा नं ७ दुर्गापुर स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ नं को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नपा वडा नं ६ बस्ने वर्ष ५२ को नरेन्द्र मैनाली र पछाडी सवार निजकै श्रीमती वर्ष ५० की सीता देबी मैनाली घाईते भई उपचारको क्रममा मृत्यु भएकाे हाे ।
मोटरसाइकल, बस र बस चालक जिल्ला मोरङ सुन्दरहरैचा नपा वडा नं ६ बस्ने वर्ष ४० को भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस