सडक/यातायात
झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २९ कार्तिक मंगलबार, २०७९ | १९:१२:०० मा प्रकाशित
झापा । झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार कन्काई नपा वडा नं ७ दुर्गापुर स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ नं को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला झापा अर्जुनधारा नपा वडा नं ६ बस्ने वर्ष ५२ को नरेन्द्र मैनाली र पछाडी सवार निजकै श्रीमती वर्ष ५० की सीता देबी मैनाली घाईते भई उपचारको क्रममा मृत्यु भएकाे हाे ।
मोटरसाइकल, बस र बस चालक जिल्ला मोरङ सुन्दरहरैचा नपा वडा नं ६ बस्ने वर्ष ४० को भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेको र सो घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस