खेल

लेखनाथ जेसीज फुटसलको उपाधि बैंकर्स क्लवलाई

लेखनाथ । विहिबार देखि सुरु भएको लेखनाथ जसीज सप्ताहन्तको दोस्रो दिन विभिन्न सस्थाहरुका बिच राखिएको मैत्रिपुर्ण फुटसलको उपाधि बैंकर्स क्लव अफ लेखनाथले हात पारेको छ ।

युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमतामा अभिवृद्धि गराउने उद्धेश्यका साथ स्थापना भएको लेखनाथ जेसीजले सस्थागत रुपमा बन्धुत्वको भावना बढाउँदै जाने योजना अनुरुप राखिएको फटसल प्रतियोगितामा आयोजक लेखनाथ जेसीललाई चार /एकको अन्तरले विजयी भएको हो ।

यस अधि लेखनाथ उद्योग वाणिज्य संघ र बैकर्स क्लवका बिचको खेलमा बैंकर्स विजयी भएको थियो भने लेखनाथ पत्रकार मञ्च र आयोजक लेखनाथ जेसीज बिचको खेलमा जेसीज विजय भई फाईनलमा प्रवेश गरेका थिए ।

लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले युवाहरुले आफनो क्षमता अभिवृद्धि गर्दै देश र समाज रुपान्त्रणका लागि नेतृत्व लिन सक्नु पर्ने सुझाव राखेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत