काभ्रेकाे तिमालमा ॐ चाबहिल डेन्टलद्वारा नि:शुल्क शिविर सम्पन्न
- गाउँ सहर संवाददाता
- २० कार्तिक आइतबार, २०७९ | ०७:०१:०० मा प्रकाशित
.jpeg)
काभ्रे । ॐ चाबहिल डेन्टल अस्पतालले नि:शुल्क दन्त शिविर तथा आँखा जाँच सम्पन्न गरेकाे छ ।
अस्पतालले विभिन्न चार लायन्स क्लबहरूकाे संयुक्त आयोजनामा काभ्रेकाे तिमालस्थित मल्लविदेवी आधारभूत विद्यालयमा शिविर सम्पन्न गरिएकाे हाे ।
शिविरबाट ३५० जनाले नि:शुल्क सेवा लिएकाे ॐ चाबहिल डेन्टल अस्पतालका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।
लायन्स क्लब अफ काठमाडौँ ओम बुद्ध, लायन्स क्लब अफ काठमाडौँ नेपालय, लायन्स क्लब अफ काठमाडौँ गुनकेसरी, लायन्स क्लब अफ काठमाडौँ युनियन गरि चार लायन्स क्लबहरूले आयोजनामा ॐ चाबहिल डेन्टल अस्पतालले शिविर सञ्चालन गरेकाे हाे ।
विभिन्न जिल्लाका स्थानीय तहमा पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा विभिन्न जिल्लामा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएकाे अध्यक्ष घिमिरेले बताए।
प्रबन्धक निर्देशक अनिल शर्माले डेन्टल खोलेको छोटो समयमै सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको बताए ।
ॐ चाबहिल डेन्टल अस्पतालले चाबहिल बाहेक काेटेश्वर, भृकुटीचाेक कपनबाट सेवा दिँदै आएकाे छ भने अब छिट्टै महाेत्तरीकाे बर्दिवासमा पनि शाखा सञ्चालनकाे तयारी भइरहेकाे निर्देशक शर्माले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
प्रतिकृया दिनुहोस