एमालेले आज सार्वजनिक गर्दै चुनावी घोषणापत्र
- गाउँ सहर संवाददाता
- १५ कार्तिक मंगलबार, २०७९ | ०७:४०:०० मा प्रकाशित

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ ।
सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आगामी ५ वर्षमा गर्न सकिने कामका योजना समेटेर मंगलबार घोषणापत्र जारी गर्न लागिएको जानकारी दिएका छन् ।
उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ ।
‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ। हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ । हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ ? नेकपा (एमाले)ले आज घोषणापत्रमार्फत् समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै (LIVE)
- नेपालबाट विदेश जाने नेपालीले लगेएक खर्ब ७० अर्बभन्दा बढी रकम
- आज संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
प्रतिकृया दिनुहोस