गाउँ सहर

श्रद्धा र भक्तिपूर्वक लक्ष्मी पूजा मनाइयाे

काठमाडाैँ । तिहारको तेस्रो दिन लक्ष्मी पूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक लक्ष्मी पूजा गरिएको छ । घरघरमा झिलिमिली बत्ति र रंगोली बनाइएको छ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी साँझ दिपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत