आरतीसहित् साेह्र चरणमा लक्ष्मी पूजा यसरी गर्नुहोस्
- गाउँ सहर संवाददाता
- ७ कार्तिक सोमबार, २०७९ | ०६:००:०० मा प्रकाशित

काठमाडाैँ । आज लक्ष्मी पूजा । साथै महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती/कुकुर तिहार/नरक चतुर्दशी/सुखरात्री/संयुक्त राष्ट्रसंघ दिवस / विश्व विकास सूचना दिवसपनि विशेषगरि मनाइँदै छ । आजको दिन राति अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा-अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतिलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ ।
सामान्यतयाः दिपावली पूजाको अर्थ लक्ष्मी पूजालाई बुझिन्छ, तर यस अन्तर्गत गणेश, गौरी, नवग्रह षोडशमातृका, महालक्ष्मी, महाकाली, महासरस्वती, कुबेर, तुला, आदिको पूजापनि गरिन्छ । दिपावली प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण औँसीमा मनाईन्छ ।
आज लक्ष्मी पूजा, धेरैलाई यसको विधिनुसार पूजा गर्न नआउन सक्छ । सम्झनुहोस त हामी विधिनुसार पूजा गरेका छौँ या छैनौँ । दिपावली पूजाको लागि सबैभन्दा पहिला महा-लक्ष्मीको नयाँ प्रतिमा किन्नु आवश्यक छ । यो पूजा विधिमा लक्ष्मी माताको पूजा गर्नको लागि सोह्र चरण छन् । यसलाई षोडशोपचार पूजाको नामले चिनिन्छ ।
पूजाको लागि आवश्यक सामग्री
लक्ष्मीको मूर्ति, सुन वा चाँदीका सिक्का, लक्ष्मी स्नानको लागि स्वच्छ कपडा, तौलिया कपडा, थैली, सफा कपडा, धूप, अगरबत्ती, माटोको दिपक, रुवा, माचिस, तेल, शुद्ध घीउ, दही, शखर र शुद्ध जल ।
- पञ्चामृत
- मधुपर्क
बेसार अथवा चुनाको पाउडर, चन्दनको चुरा, कलश, चामल, सेतो वस्त्र, हात पुछ्ने कपडा, कपूर नरिवल, मेवा, फूल, माला, दुबो, पानको पत्ता, सुपारी, खेलौना, मिठाई, फल, वस्त्र, साडी आदि । इलाइँची, केसर, सिन्दुर, कुमकुम, गिलास, चमच, प्लेट, कचौरापनि आवश्यक पर्छ ।
पूजाको तयारी
पूजा गर्ने समयमा लक्ष्मी वा गणेशको मूर्ति उनको मुख पूर्व या पश्चिम राख्नुहोस् । लक्ष्मीलाई गणेशको दाहिना पारेर राख्नुहोस् । पूजानकर्ता मुर्तिको नजिक बस्नुहोस् । कलशलाई लक्ष्मीको नजिक चामलसँग राख्नुहोस् । नरिवललाई रातो वस्त्रमा लपेटेर राख्नुहोस ताकि नरिवलको अगाडिको भागमात्र देखियोस र कलशमा राख्नुहोस । यो कलश वरुणको प्रतिक हो ।
पूजा विधि
तपाईं हातमा जलपात्रबाट थोरै जल लिएर मुर्तिलाई छर्कनुहोस् । साथसाथै मन्त्र पढ्नुहोस् ।
ॐ पवित्रः अपवित्रो वा सर्वावस्थांगतोऽपिवा।
यः स्मरेत् पुण्डरीकाक्षं व वाभ्यन्तर शुचिः॥
पृथ्विति मंत्रस्य मेरुपृष्ठः ग षिः सुतलं छन्दः
कूर्मोदेवता आसने विनियोगः॥
अब पृथ्वीमा जुन ठाउँमा आफ्नो आशन विछ्याउनुभएको छ त्यो ठाउँलाई पवित्र गर्नुहोस र माँ पृथ्वीलाई प्रणाम गर्दै मन्त्र भन्नुहोस् ।
ॐ पृथ्वी त्वया धृता लोका देवि त्वं विष्णुना धृता।
त्वं च धारय मां देवि पवित्रं कुरु चासनम्॥
पृथिव्यै नमः आधारशक्तये नमः
अब मन्त्र भन्दै पानी छाड्दै जानुहोस् ।
ॐ केशवाय नमः
ॐ नारायणाय नमः
ॐ वासुदेवाय नमः
ॐ हृषिकेशाय नमः
संकल्प
हातमा अक्षता, पुष्प र जल लिनुहोस् । केही द्रव्यपनि लिनुहोस । अब संकल्प गर्नुहोस् अमुक व्यक्ति अमुक स्थान र समयमा अमुक देवी देवताको पूजा गर्न गइरहेको छु जसबाट मलाई फल प्राप्त होस् । सबैभन्दा पहिले गणेश वा गौरीको पूजा गर्नुहोस् । त्यसपछि वरुण अर्थात कलश पूजा गर्नुपर्छ ।
हातमा थोरै जल लिएर आव्हान वा पूजा मन्त्र बोल्नुहोस र पूजा सामाग्रीहरु चढाउनुहोस् । फेरी नवग्रहको पूजा गर्नुहोस्, हातमा अक्षता लिएर । त्यसपछि मातृका पूजा गर्नुहोस । त्यसपछि सोह्र माताको पूजा गर्नुहोस र रक्षाबन्धन हुन्छ । रक्षाबन्धन विधिमा मौलीसहित भगवान गणपतिमा चढाएर आफ्नो हातमा वाँध्न लगाउनुहोस् र तिलकपनि लगाउनुहोस् ।
अब आनन्दचित्तले र निर्भय भएर महालक्ष्मीको पूजा प्रारम्भ गर्नुहोस् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस