गाउँ सहर

अाज लक्ष्मी पूजा, हेर्नुहाेस् काठमाडाैँ यस्ताे देखियाे

देश नै उज्यालाे

अाज गाईतिहार र लक्ष्मीपूजा । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । साेहीनुसार सबैले घरघरमा लक्ष्मीपूजा गरेका छन् ।

गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतिकात्मक अर्थ प्रदान गर्छ ।

लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतिक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर अाज लक्ष्मीपूजा गरिएकाे छ । देश पुरै उज्यालाे भएकाे छ । यसै परिपेक्षमा सहकर्मीले लक्ष्मी पूजा र काठमाडाैँका विभिन्न स्थानका उज्यालाहरू खिचेका छन्, हेर्नुहाेस जस्ताकाे तस्तै ।

हेर्नुहाेस् काठमाडाैँ .......

तस्विरहरू गाउँ सहर डटकम् ।

तपाईँको मत