राजनीति

चुनावी अभियानमा अर्बपति चाैधरी : यी पाईलाहरु अब न थाक्ने छन् न रोकिने नै

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विनाेद चाैधरी यतिबेला चुनावी प्रचारमा छन् । 

उनी अहिले गाउँगाउँमा पसेर मतदाताहरूसँग मत मागिरहेका छन् । 

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चाैधरी यसपटक प्रत्यक्ष निर्वाचनमा हाेमिएका हुन् । साे क्षेत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी पनि चुनाव लड्दैछन् । त्रिपाठीलाई नेकपा एमालेले समर्थन गर्ने सम्भावना छ । याे क्षेत्रबाट त्रिपाठीले पाँच पल्ट चुनाव जितेका छन् । 

यसअघि अप्रत्यक्ष रुपमा हर सुखदुःख साथै रहेकाे र अब प्रत्यक्षरुपमा जनताको घर आगँनमा रहेकाे उल्लेख गर्दै नेता चाैधरीले समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनता माँझ पूर्ण समर्पित रहेकाे बताएका छन् । 

देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै कृषकका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिबर्तन गर्ने अठोटका साथ पाइला अघि बढी सकेकाे बताएका छन् । 

जनताको सुख:दुखमा हातेमालो गर्दै समृद्धि र बिकासको सपना लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले सामाजिक सञ्जालमाफर्त आफ्नाे सफलताकाे पछाडि दिन रातको मेहनत, लगनशीलता र परिश्रम भएकाले ती उपलब्धी हाँसिल गर्न सजिलै नभएका उल्ले गरेका छन् । 

२०६४ सालमा चौधरी एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए । २०७० सालमा नवलपुर एमालेले प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्न उनको नाम सिफारिस गर्‍यो । तर, उनी चुनाव लड्न गएनन् । २०७४ सालमा कांग्रेस प्रवेश गरी उनी समानुपातिक सांसद बनेका थिए । २०७८ सालमा कांग्रेसको १४औँ महाधिवेशनमा मधेसी कोटाबाट कांग्रेस केन्द्रीय सदस्य चुनिएका उनी आउँदो ४ मंसिरमा नवलपरासी-१ मा प्रतिनिधिसभा सदस्यका लागि ‘ब्यालेट भिडन्त’ गर्दैछन् ।

यो क्षेत्रमा कांग्रेसले पछिल्ला दुई निर्वाचन लगातार हारेको छ । र, कांग्रेसका लागि चुनौती हुन्, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी । २०७० सालमा बाहेक यो क्षेत्रमा त्रिपाठीले अरु कसैलाई जित्न दिएका छैनन् । संसद् छिर्ने प्रयासमा सफल हुन चौधरीले पाँचपल्टका विजेता त्रिपाठीलाई हराउनुपर्नेछ ।

उनी भारतबाहेक दक्षिण एसियाकै एक मात्र डलर अर्बपति हुन् । नेपालका ठाउँ-ठाउँमा उनका सफल व्यवसाय छन् । हजारौँलाई रोजगारी दिएको चौधरी ग्रुपका प्रमुख अनि धेरैका लागि प्रेरणाका स्रोत पनि हुन् उनी ।

उनले दुई स्टाटास र फाेटाे हाल्दै यस्ताे लेखेका छन् :

अघि बढी सकेका ..

मेरा यी पाईलाहरु अब न थाक्ने छन् न रोकिने नै छन !

हिजो म आफ्ना जनता माँझ

अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने,

आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु !

मलाई यो अवसर प्रदान गर्नु हुने सबै लाई

मेरो अन्तरमन देखि कृतज्ञता व्यक्त गर्दै

मेरा पाखुरा, मेरा विवेक, मेरो बल बुद्धिलाई

समृद्ध देश , सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनता माँझ पुर्ण समर्पित भएको छु ,

देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी

गर्दै कृषकका हर समस्या समाधान गर्दै,

बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समय सापेक्ष आमूल परिबर्तन गर्ने अठोटका साथ,

आफ्ना जनता, साथिभाई अनि दाजुभाईका बिच

उभिएको छु !

धेरै हेर्यौँ र पर्खियौँ

अब समृद्धि र बिकासको सपना छिटैँ पूरा गरौँ !

म जनताको साथमा,

अनि देशको आमूल परिवर्तन हाम्रो साथमा !

अर्काे स्टाटस् यस्ताे छ 

जिन्दगीको..
कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका
उपलब्धिहरु सजिला थिएनन् !
दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !

जुन देशको पानी पिँए
जुन देशको माटोमा टेकेर म उभिँए
जुन देशको शितल हावा पिएर म बाचेँ

आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,
पिँएको पानीको मुल्य चुकाउनु छ !
टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ!
बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,

आज म जुन धरातलमा उभिँएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !

जनताको सुख:दुखमा हातेमालो गर्दै
भोलि उदाँउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघिनै देशको मुहार फेर्नु छ 

गाउँ सहर संवाददाता

तपाईँको मत