प्रथम वडाध्यक्ष रनिङ शिल्ड फुटबलका आजका खेलबाट १० टिम अघिल्लो चरणमा
- गाउँ सहर संवाददाता
- १२ असोज बुधबार, २०७९ | २१:५१:०० मा प्रकाशित
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानी स्थित बसन्त गौचन फुटबल एकेडेमीको मैदानमा असोज १० गतेदेखि जारी वडाध्यक्ष रनिङ शिल्ड कप सेभेन ए साईड फुटबल प्रतियोगिताका आजका खेलबाट १० टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा स्थानीय बगादी युवा क्लवको संयोजनमा भएको प्रतियोगितामा आज सम्पन्न भएका १० खेलबाट बी १३, कालीमाटी, तुलाचन एफ सी, गन्नी एफ सी, पोखरा–२६ विजयपुर, मिलन टोल, हिमाल एण्ड रक्षा मेमोरियल, शिसुवा, बगादी युवा क्लव र एभिन एफ सी अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिता १४असोजसम्म चल्ने बताइएको छ ।
युवा वर्गलाई खेलक्षेत्रमा संलग्न गराई स्थानीय क्षेत्रमा खेलकुदको प्रर्वद्धन, विकास एवं खेल पर्यटनमा समेत टेवा पु-याउने उद्धेश्य रहेको क्लवका अध्यक्ष गंगा बहादुर तामाङले जानकारी दिए ।
अघिल्लो दिन वर्षाले केही समय अवरोध गरेपनि आज निर्बाध रुपमा खेलहरु सम्पन्न भएका खेल संयोजक जितेन्द्र क्षेत्रीले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस