नेपाल टेलिकमकाे दसैँ अफर : डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस
- गाउँ सहर संवाददाता
- ८ असोज शनिबार, २०७९ | १५:४८:०० मा प्रकाशित

काठमाडाैं । नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दसैँ अफर उपलब्ध गराउने भएको छ । यी अफरहरू दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसै गरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु.४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने छ । रु.२०० देखि रु.४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु.५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसै गरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निःशुल्क भ्वाइस ओभर एलटीई सेवा पनि उपलब्ध गराइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस