देशको ढुकुटी संरक्षणमा कांग्रेसको योगदान अतुलनीय - रामहरि खतिवडा
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | १९:१०:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली कांग्रस निकट कर्मचारी युनियनको आयोजनामा आज काठमाडौँमा भएको २०७९ सालको विजया दशमी, दीपावली, छठ तथा नेपाल सम्वत् ११४३ को उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता रामहरि खतिवडाले बैंकको व्यवस्थापनमा सृजनशिल, पेशाविद्, निस्वार्थ तथा कृषि विकास बैंकको भाग्य भविष्य बनाउन सक्ने व्यक्तिलाई बैंकको नेतृत्वमा ल्याउनुपर्ने र तमाम किसानको हितमा काम गर्नु पर्ने विचार व्यक्त गरेका छन् ।
कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमा रहेको सरकारले ल्याएको आर्थिक उदारीकरणको नीतिले राष्ट्रिय ढुकुटीलाई ४८ साल देखि संरक्षण गरेकोले आज नेपालको आर्थिक अवस्था श्रीलंका हुनबाट जोगिएको विचार व्यक्त गरेका हुन् ।
उनले भने, "नेपाली कांग्रेसले संस्था वेच्योे भन्नेहरुलाई आज विकास भएका हजारौँ उद्योगधन्दा देश विकासमा पु-याएको योगदान र सो खोल्ने वातावरण नेपाली कांग्रेसको नेतृत्वले सृजना गरेकोले नेपालीको शिर उच्च भएको छ । नेपाली कांग्रेस राज्य संरक्षण गर्न गोमन सर्प जस्तो भएर लडिरहने छ । देशमा कुराको व्यापार होइन काम गर्ने दिन आएकोले ठूला राजनैतिक भाषण होइन काम गरेर देश विकासमा इट्टा थप गर्न आग्रह गर्दछु ।" वित्तीय संस्थामा आस्था राख्ने तमाम कर्मचारीहरुलाई राज्यको ढुकुटी बलियो बनाउने गरी काम गर्न समेत उनले आग्रह गरे ।
उक्त कार्यक्रममा वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितीका महासचिव हरिराज खरेलले वित्तीय संस्थाको माउ पार्टी, आस्थाको केन्द्र नेपाली कांग्रेसले वित्तीय संस्थाको सांगठनिक गतिविधिमा नजरअन्दाज गरेको गुनासो व्यक्त गरे । उनले नेपाली कांग्रेस निकट ट्रेड युनियनका कर्मचारीहरुकोा ट्रेड युनियन गतिविधिमा संलग्न ट्रेड युनियन कर्मीलाई लगाईएका विभिन्न मुद्दाहरु राजनैतिक द्वेशपूर्वक गरेको देखिएकोले यस प्रकारका गतिविधिमा संलग्न कर्मचारीलाई संरक्षण गर्न आग्रहसमेत गरे ।
कृषि विकास बैंक लि. का पूर्व उप-महाप्रवन्धक तथा नेपला ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रमका विशिष्ट अतिथी ध्रूव चन्द्र गौतमले बैंक संचालन गर्दा दलगत स्वार्थमा नलागी संचालन गर्न कृषि विकास बैंक व्यवस्थापनलाई आग्रह गरेका थिए । वित्तीय संस्था कर्मचारी संघलाई बैंकको हित उन्नतिको लागि दल भन्दा माथि रही सधैँ पेशाप्रति सक्रिय रहन समेत आग्रह गरे । साथै कृषि विकास बैंक, वित्तीय संस्थाको आन्दोलनमा एकाकार गर्ने प्रतिवद्दता समेत उनले व्यक्त गरे ।
कार्यक्रम वित्तीय संस्था कर्मचारी संघ, बागमती प्रदेश कमिटीका अध्यक्ष रमेश कुमार कुटुवालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा वित्तीय संस्था कर्मचारी संघ, कृषि विकास बैंक लि. का महासचिव राजु भट्टराई तथा बागमती प्रदेश कार्यालय अन्तरगत कृषि विकास बैंक लिमिटेडमा रहेका युनियनका पदाधिकारीले समेत मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रममा वित्तीय संस्था निकट कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस