काठमाडौं महानगरपालिकाकाे अर्काे सूचना : परिचय पाटी राखेबापतको शुल्क ३० दिनभित्र बुझाउनू
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | ०७:२७:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, सङ्घ संस्थाहरूसँग आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन सूचना जारी गरेको छ।
शुक्रबार (७ असोज) एक सूचना जारी गर्दै महानगरपालिकाले केही व्यक्ति, सङ्घ संस्थाहरूले परिचय पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो।
‘प्रथम पटक प्रकाशित मिति २०७९/०६/०७ काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा ती पार्टी महानगरले तत्काल हटाउने पनि सूचनामा जनाइएको छ।
‘उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने व्यहोरा समेत सम्बन्धित पक्षको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।’ सूचनामा भनिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस