काठमाडौं महानगरपालिकाकाे अर्काे सूचना : परिचय पाटी राखेबापतको शुल्क ३० दिनभित्र बुझाउनू
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | ०७:२७:०० मा प्रकाशित

काठमाडाैं । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, सङ्घ संस्थाहरूसँग आफ्नो कार्यस्थलबाहिर राख्दै आएको परिचय पाटी राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन सूचना जारी गरेको छ।
शुक्रबार (७ असोज) एक सूचना जारी गर्दै महानगरपालिकाले केही व्यक्ति, सङ्घ संस्थाहरूले परिचय पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो।
‘प्रथम पटक प्रकाशित मिति २०७९/०६/०७ काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, सङ्घ संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा ती पार्टी महानगरले तत्काल हटाउने पनि सूचनामा जनाइएको छ।
‘उक्त अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने व्यहोरा समेत सम्बन्धित पक्षको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।’ सूचनामा भनिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस