सरकारले अब कर्मचारी सरूवा गर्न नपाउने, लाग्याे निर्वाचन आचारसंहिता
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | ०७:१९:०० मा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिएर कुनै पनि कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार साँझ एक विज्ञप्तिमार्फतले आयोगले आज (बिहीबार)देखि नै लागु हुनेगरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।
आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।
"यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचन सम्बन्धी कानूनी व्यवस्था बमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि मिति २०७९।०६।०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र मिति २०७९/०६/०५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिई मिति २०७९/०६।०९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरू लगायत सबै सार्वजनिक निकायहरूलाई आयोगले निर्देशन दिएको छ," आयोगले भनेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस