महिला साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु, नेपाल र भुटान भिड्दै
- गाउँ सहर संवाददाता
- २१ भदौ मंगलबार, २०७९ | ०८:२९:०० मा प्रकाशित

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।
साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बी' मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।
प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । तर, अन्डर डग टोली भुटानविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रि-म्याचमा भुटानलाई कमजोर नआक्ने बताएका थिए ।
नेपाल यस पटक उपाधि घरमै राख्ने योजनामा समेत रहेको छ । नेपाली टिमकी नवनियुक्त कप्तान एन्जिला सुब्बाले उपाधि घरमै राख्न प्रयास गर्ने बताएकी थिइन् ।
यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस