मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिए
- गाउँ सहर संवाददाता
- १८ भदौ शनिबार, २०७९ | १५:३५:०० मा प्रकाशित
काठमाडौ । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन् ।
उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका हुन् ।
उनी २०७४ फागुन ७ गते मधेशप्रदेशको मुख्य व्यायाधिवक्तामा नियुक्त भएका थिए । निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।
मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उनी कार्यरत रहँदै आएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब कति ?
- सामाजिक सञ्जाललाई निमयन गर्ने बहानामा जनताका आवाजलाई कमजोर तुल्याउने मनसाय : माओवादी केन्द्र
- सरकारले ल्याएका अध्यादेशहरू प्रतिनिधिसभामा पेस
- रविद्वारा निलम्बन फुकुवाकाे माग, सभामुखको प्रश्न– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?
- संसद्को हिउँदे अधिवेशन आजदेखि, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्दै (LIVE)
- हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
- संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, कार्यसूचीमा ६ अध्यादेश
- निर्माण व्यवसायी महासंघको पूर्वघोषित आन्दोलन स्थगित
- त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपाल पराजित
- आज सोनाम ल्होछार,तामाङ समुदायले भव्यताकासाथ मनाउँदै
प्रतिकृया दिनुहोस