त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपाल पराजित
- गाउँ सहर संवाददाता
- १७ माघ बिहीबार, २०८१ | १५:३२:०० मा प्रकाशित

काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले जित हासिल गरेको छ ।
बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गर्यो । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र जोड्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक २८ रन जोडिन् । पुजा महतोले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन जोडिन् ।
कविता जोशीले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाइन् । रुबिना क्षेत्रीले ११ बलमा ११ रन जोडिन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रनको विशाल योगफल तयार गर्यो ।
नेदरल्याण्ड्सका लागि रिकेले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडिन् । उनले ५९ बलमा ८ चौका प्रहार गरिन् । स्ट्रि कालिस ३५ बलमा २९ र हेटर सिगेर्स १९ बलमा २३ रन जोड्दै आउट भइन् ।
आरिस विलिङले १३ बलमा ५ चौकाको सहयोगमा नट आउट ३१ रन बनाईन् । नेपालले अन्तिम ५ ओभरमा ६२ रन खर्चिएको थियो ।
नेपालका लागि कविता कुवँर, पुजा महतो, सिता राना मगर र इश्वरी बिष्टले समान १ विकेट लिइन् । घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेलिरहेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं रनेदरल्याण्ड्स १६औं स्थानमा छ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
नेदरल्याण्ड्सले दोस्रो खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा शनिवार थाइल्याण्डसँग खेल्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
- लगातार घटेको नेप्से बुधबार दोहोरो अंकले बढ्याे
- मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
- नेपालमा व्यवस्था बदल्ने बेला आयाे - डा. राणा
प्रतिकृया दिनुहोस