निर्माण व्यवसायी महासंघको पूर्वघोषित आन्दोलन स्थगित
- गाउँ सहर संवाददाता
- १७ माघ बिहीबार, २०८१ | १७:२४:०० मा प्रकाशित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका पूर्व घोषित सबै कार्यक्रम स्थगित गरेको छ ।
महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको भन्दै महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरिएको हो ।
निर्माण उद्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न महासंघले पुष २७ गते राष्ट्रिय भेला आयोजना गरी १४ बुँदे मागसहित महासंघ आन्दोलित भएको थियो ।
आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ को अल्टिमेटम सहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित् प्रदेशका मुख्यमन्त्रीहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापन पत्र पेश गर्ने तथा केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीज्यूहरू, प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई ज्ञापन पत्र बुझाएको थियो ।
सोही क्रममा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच भएको छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रुपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस