गाउँ सहर
रविद्वारा निलम्बन फुकुवाकाे माग, सभामुखको प्रश्न– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?
- गाउँ सहर संवाददाता
- १८ माघ शुक्रबार, २०८१ | १२:५८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।
लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।
लामिछानेले सभामुख घिमिरेलाई निवेदन दिँदै आफू फौजदारी कसुरको अनुसन्धान भई अदालतहरूबाट थुनामुक्त रहेकाले निलम्बन फुकुवा गर्न माग गरेका छन् ।
“मैले कानुन, संसद् नियमावलीको आधार र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ,” सभामुखको भनाइ थियो । लामिछानेले सबै कुरा राखिसकेपछि सभामुखले प्रश्न गर्दै भने– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?”

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
प्रतिकृया दिनुहोस