तीजलाई मौलिक संस्कृतिको रुपमा विकास गर्नुपर्ने आजको आवश्यकता: सांसद रोका
- थम्मन थापा
- १५ भदौ बुधबार, २०७९ | ०८:२८:०० मा प्रकाशित
बागलुङ । गण्डकी प्रदेशका सांसद दिलमया रोका दिपाले तीजलाई मौलिक पर्वको रुपमा मनाउनु पर्ने बताएकी छन् । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको परम्परागत तीज मेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् । पछिल्लो समय संस्कृति विकृतिको रुपमा विकास भईरहेको भन्दै सांसद रोकाले चिन्ता व्यक्त गरिन् ।
१० वर्षे सशस्त्र जनयुद्व, त्यसपछि देशमा भएका आन्दोलनमा महिलाहरुको भूमिका उल्लेख्य रहेको र २०७२ मा जारी संविधानमा महिलाको हक अधिकार सुनिश्चित भएको उनको भनाई छ जसको उदाहरण नेपालको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व सभामुख ओनसरी घर्ती प्रमाणित भएको उनको तर्क थियो ।
व्यवस्था परिवर्तनको लागि महिला दिदीबहिनीहरुको भूमिका प्रशंसनिय रहेको भन्दै अब अवस्था परिवर्तनमा गण्डकी प्रदेश सरकार दृढ रहेको बताइन् । सासंद रोकाले गण्डकी प्रदेश सरकारबाट विनियोजित रकम ११ लाख ७२ हजारको लागतमा निर्मित संस्थाको पक्की मञ्चको समेत समुदघाटन गरेकी छन् ।
मेलामा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १० समूहको सहभागिता रहेकोमा जनहित माध्यमिक विद्यालय मल्म प्रथम, एकता आवसीय माध्यमिक विद्यालय हरिचौर द्वितिय, द कल्चरल डान्स एकेडेमी आँगाखेत तृतिय, जनजागृति मावि काँडेवास र सिर्जनशील आमा समूह आँगाखेत सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुने दुई समूहले ५ र ५ हजार प्राप्त गरेका थिए ।
सो अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु जुना श्रीस, अमृता नेपाली, ईश्वर सिंहको सांगितिक प्रस्तुती रहेको थियो । मेलामा प्रायोजक, सहयोगदाता, संस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरु लगायतलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
तीज मेला नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सबिता मरासिनीको अध्यक्षता, सदस्य थुमकुमारी थापाको स्वागत, सचिव भुमा खडका र सदस्य खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस