तीजलाई मौलिक संस्कृतिको रुपमा विकास गर्नुपर्ने आजको आवश्यकता: सांसद रोका
- थम्मन थापा
- १५ भदौ बुधबार, २०७९ | ०८:२८:०० मा प्रकाशित

बागलुङ । गण्डकी प्रदेशका सांसद दिलमया रोका दिपाले तीजलाई मौलिक पर्वको रुपमा मनाउनु पर्ने बताएकी छन् । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको परम्परागत तीज मेलालाई सम्वोधन गर्दै उनले यस्तो बताएकी हुन् । पछिल्लो समय संस्कृति विकृतिको रुपमा विकास भईरहेको भन्दै सांसद रोकाले चिन्ता व्यक्त गरिन् ।
१० वर्षे सशस्त्र जनयुद्व, त्यसपछि देशमा भएका आन्दोलनमा महिलाहरुको भूमिका उल्लेख्य रहेको र २०७२ मा जारी संविधानमा महिलाको हक अधिकार सुनिश्चित भएको उनको भनाई छ जसको उदाहरण नेपालको वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व सभामुख ओनसरी घर्ती प्रमाणित भएको उनको तर्क थियो ।
व्यवस्था परिवर्तनको लागि महिला दिदीबहिनीहरुको भूमिका प्रशंसनिय रहेको भन्दै अब अवस्था परिवर्तनमा गण्डकी प्रदेश सरकार दृढ रहेको बताइन् । सासंद रोकाले गण्डकी प्रदेश सरकारबाट विनियोजित रकम ११ लाख ७२ हजारको लागतमा निर्मित संस्थाको पक्की मञ्चको समेत समुदघाटन गरेकी छन् ।
मेलामा आयोजित खुल्ला तीज गीत तथा नृत्य प्रतियोगितामा १० समूहको सहभागिता रहेकोमा जनहित माध्यमिक विद्यालय मल्म प्रथम, एकता आवसीय माध्यमिक विद्यालय हरिचौर द्वितिय, द कल्चरल डान्स एकेडेमी आँगाखेत तृतिय, जनजागृति मावि काँडेवास र सिर्जनशील आमा समूह आँगाखेत सान्तवना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुने दुई समूहले ५ र ५ हजार प्राप्त गरेका थिए ।
सो अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु जुना श्रीस, अमृता नेपाली, ईश्वर सिंहको सांगितिक प्रस्तुती रहेको थियो । मेलामा प्रायोजक, सहयोगदाता, संस्थालाई योगदान पुर्याउने व्यक्तित्वहरु लगायतलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
तीज मेला नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सबिता मरासिनीको अध्यक्षता, सदस्य थुमकुमारी थापाको स्वागत, सचिव भुमा खडका र सदस्य खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस