मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा
- थम्मन थापा
- १२ श्रावण बिहीबार, २०७९ | २०:००:०० मा प्रकाशित

बागलुङ । पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भू-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो ।
टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपुर्ण गन्तव्यको रुपमा परिचित कागबेनी देखि मुक्तिनाथ मन्दिर सम्मको सडकलाई मध्यनजर गर्दै आफनो सेवा विस्तार गरेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ खिङगामा २५ मिटर स्थायी संरचना सहितको टावर निर्माण गरेर एकैसाथ टेलिकमले टुजी र चौंथो पुस्ताको फोरजी मोवाईल सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।
मोवाईल सेवा सञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं १ को खिङगा गाउँ, झारकोट, पुथाक, झोङका झण्डै २ सय घरधुरी सँगै धार्मिक तथा पर्यटकीय गन्तव्य कागबेनी देखि मुक्तिनाथ मन्दिर सम्मको सडकमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नमस्ते मोवाईलमा भ्वाईस र डाटा चलाउन सहज भएको प्रमुख शर्माले बताए ।
"पहिले त्यस क्षेत्रमा टावर नहुँदा हामीलाई सञ्चारको लागि निकै समस्या भएको थियो अहिले टावर सञ्चालनमा आएपछि मोवाईलमा कुराकानी गर्न र ईन्टरनेट चलाउन निकै सहज भएको छ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले भनें" । उनले सडकदेखि टावर निर्माण स्थलसम्म उपकरण ढुवानीको लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आवश्यक सहयोग गरेको समेत बताए ।
मोवाईल सेवा नहुँदा गाउँपालिकाको वडा नं १ का ४ वटा गाउँका बासिन्दा र यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको वडा नं १ का वडा अध्यक्ष प्रमेश गुरुङले बताए । खिङगामा टेलिकमले सोलार सेट मार्फत टावर सञ्चालन गरेको छ ।
यसभन्दा अघि टुजी र थ्रिजी सेवा मात्र रहेको कागबेनीको टावरमा पनि टेलिकमले फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सुचारु भएपछि त्यस क्षेत्रमा मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन र भिओ एलटी मार्फत एचडी कल गर्न सुविधा थप भएको छ ।
त्यस्तै टेलिकमले घरपझोङ गाउँपालिका स्थित जोमसोम रिसोर्टमा रहेको टावरमा फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सञ्चालन भए सँगै रिसोर्ट आसपासमा रहेका बस्तीहरु स्याङ र ठिनीका झण्डै २ सय घरधुरी मोवाईल सेवाबाट लाभान्वित भएका छन ।
यता म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं ४ छोटेपा क्षेत्रमा पनि टेलिकमले थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ । ५ महिना पहिले टुजी सेवा मात्र उपलब्ध गराएको टेलिकमले त्यहाँ निर्माणाधिन निलगिरी हाईड्रो पावरलाई लक्षित गरि ईन्टरनेट सेवा प्रदान गर्ने उद्येश्यले थ्रिजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जानकारी दिएको छ ।
अत्यन्तै विकट र दुर्गम भुभाग रहेको उक्त स्थानमा निर्माणाधिन निलगिरी हाईड्रो पावरमा झण्डै १ हजार २ सय मजदुरले काम गरिरहेको हाईड्रो पावरका आवसिय ईन्जिनियर रत्न बमजनले जानकारी दिए । निलगिरीमा थ्रिजी सेवा सञ्चालन भएपछि त्यहाँ कार्यरत मजदुरहरुलाई मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकमले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ब्रिटिस कलेजको व्यवस्थापनमा पोखरामा ए-लेभल सुरु
- संसदमा सांसदहरूका कुरा (लाइभ)
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- आज कुन-कुन प्रदेशमा वर्षा, हावाहुन्डरीको सम्भावना ?
- प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- मे १७: तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
- पूर्वमन्त्री माेहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
प्रतिकृया दिनुहोस