माछापुच्छ्रे स्कुल कुसुन्ती IB World School मान्यता प्राप्त, अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने
- गाउँ सहर संवाददाता
- ४ भदौ शनिबार, २०७९ | १९:५०:०० मा प्रकाशित
काठमाडाैँ । माछापुच्छ्रे स्कुल कुसुन्ती ललितपुरले बालबालिकाको सिकाई क्षमता र सिक्ने स्वभावको पहिचान गरि सोही अनुरूपको अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्धेश्यले हालैमात्र इन्टरनेसनल व्याकालेरियट (IB World School) को औपचारिक रूपमा मान्यता पाएको जानकारी गराएकाे छ ।
बिहीबार एक कार्यक्रम गरि उसले साे मान्यता पाएकाे बताएकाे हाे ।
विद्यालयको परिचय
माछापुच्छ्रे विद्यालय सन् १९९५ मा स्थापित भई उच्च गुणस्तरीय शिक्षामा विश्वसनीयता कायम गरेको विद्यालय को रुपमा चिनिएको छ । शिक्षा क्षेत्रलाई राम्ररी निहालेका दूरदर्शी व्यक्तित्व तथा शिक्षाविद् डा. विनोद प्रसाद यादवले अक्टोबर २०१५ मा विद्यालयको नेतृत्व लिई उपत्यकामा पनि एउटा गुणस्तरीय विद्यालय मध्यमस्तरका अभिभावकको पहुँचमा खोल्ने उद्देश्यले अभिप्रेरित भई माछापुच्छ्रे स्कुल को स्थापना भएको हो । प्रोग्रेशिभ अप्रोच अन्तर्गत बालबालिकालाई उनीहरुकै सहभागितामा ज्ञान निर्माण गराउने यस विद्यालयमा पाठ्यक्रममा आधारित रहेर शिक्षण क्रियाकलाप अघि बढाइन्छ र त्यहाँ पाठ्यपुस्तकलाई शिक्षक र विद्यार्थीले सन्दर्भ सामाग्रीका रुपमा मात्र प्रयोग गर्दछन् । सिकाइलाई कक्षाकोठा भित्र सिमित नगरी जीवन र जगत संग जोड्न विधार्थीलाई पर्याप्त सामाजिक अन्तक्रिया र खोजमुलक भ्रमणमा सहभागि गराइन्छ । प्रयोगमुलक शिक्षालाई व्यवहारमा उतारी समाज परिवर्तनको संवाहक बनाउने लक्ष्य लिएको यस विद्यालयमा नानीवावुहरुको उमेर सुहाउदो वालमैत्री संरचना र सो भित्र इन्टरनेट जडित कक्षामा स्मार्टबोर्डको सहायताले सहज र सिकाईलाई अझ सवल बनाएको छ । साथै तालिम प्राप्त शिक्षक शिक्षिकाहरुबाट शारिरिक, मानसिक, भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक रुपले सुरक्षित रुपमा सिकाइको सहजिकरण भएको यस विद्यालय गुणस्तरिय शिक्षाको खोजिमा रहेका अभिभावकहरुको निर्विकल्प गन्तव्य हुन सक्छ ।
वाल केन्द्रित शिक्षा अपनाउनको लागि व्यापक रुपमा भौतिक पूर्वाधारको व्यवस्थाका साथै विद्यालयको भवन पूर्ण रुपले भुकम्प प्रतिरोधक रहेको छ र अन्य संरचनाहरु निर्माण गर्दा पूर्ण रुपमा वालमैत्री तरिकाले निर्माण गरिएको छ । यस विद्यालयमा रहेका प्रशस्त कक्षाकोठा, लाइब्रेरी, फिजिक्स, केमिस्ट्री, बायोलोजी ल्याब, कम्प्युटर ल्याब, भाषा ल्याब, आर्ट एण्ड क्राफ्ट कक्षाकोठा, चमेना गृह, सफा पिउने पानीको व्यवस्था, प्रसस्त खेल मैदान जस्तैः फुटशल, बास्केटबल कोर्ट, टेवलटेनिस कोर्ट, ब्याटमिन्टन कोर्ट, प्राथमिक उपचार कक्ष, किन्डरगार्डेनको लागि छुट्टै खेल मैदान किड ल्याब, स्मार्ट कक्षा कोठा जसले गर्दा विद्यालयमा वालवालिकाले स्वच्छ र स्वस्थ वातावरणमा विश्व स्तरको शिक्षा पाउन सफल भइरहेका छन् ।
यहि मिति २०७९ भदै ४ गते शनिबार दिनको २ः०० बजे विद्यालय प्रङ्गणमा माछापुच्छ्रे IB World School उत्सव तथा अभिनन्दन कार्यक्रम आयोजना गर्नलागिएको पनि उसले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शनिबार उच्च तथा हिमाली भूभागमा हिउँ र पानी पर्ने
- सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण
- संविधान कार्यान्वयनको गहन समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ - कृष्ण सिटौला
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
- राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण
- आज क्रिश्चियन धर्मावलम्बीद्वारा 'क्रिसमस डे' मनाइँदै
- यी स्थानमा वर्षा सम्भावना र जुम्लामा हिमपात
- रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
प्रतिकृया दिनुहोस