गाउँ सहर

राजधानी केन्द्रित आन्दोलनकाे तयारी गर्दै राप्रपाद्वारा नुवाकाेटमा प्रशिक्षण

काठमाडाैं । राप्रपाको ४० बुँदे मागपत्रप्रति सरकारले सम्बोधन नगरेको कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलन जान बाध्य भएको केन्द्रीय सदस्य तथा आन्दोलन परिचालन समितिका सदस्य जनकराज पाठकले जनाएका छन् ।

जिल्ला कार्यसमिति नुवाकोटले आयोजना गरेको आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रममा बाेल्दै फागुन महिनाबाट राजधानी केन्द्रित निर्णायक आन्दोलन हुने बताए ।

सो आन्दोलनमा राप्रपाले २० हजार युवालाई प्रशिक्षित गराएर राजधानी ओराल्ने उनकाे दाबी छ । यसैको तयारी स्वरुप पुस र माघ महिनाभरि युवा प्रशिक्षण, विरोध सभा, देशभरि कोणसभामार्फत आन्दोलनका गतिविधिलाई अगाडि बढाउने बताए ।

'राप्रपाले गर्ने यो निर्णायक आन्दोलनले नेपालमा राजसंस्था सहितको हिन्दु अधिराज्यको स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात गराउने छ ।'

बुधबार विदुरमा आन्दोलन परिचालन समितिका सदस्य केस निरन्जन थापा र महेश डंगोलले उपस्थितिमा युवाहरुलाई प्रशिक्षित गराइएकाे थियाे ।

जिल्ला अध्यक्ष कुलबहादुर खडगीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा सह-महामन्त्री झनक प्याकुरेलले प्रशिक्षणमा सहभागीहरुलाई शुभकामना दिएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत