रवि लामिछानेको सांसद पद निलम्बित, अर्याल कार्यवाहक सभापति
- गाउँ सहर संवाददाता
- ८ पौष सोमबार, २०८१ | २०:०८:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संसद सचिवालयले सूचना टास गर्दै चितवन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेको संसद पद निलम्बनमा परेको जानकारी दिएको हो।
'कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी समेतको मुद्दाको पुरक अभियोगपत्र दर्ता भएको र जिल्ला सरकारी वकील कार्यालयको पत्रसहित अपराध अनुसन्धान तथा कारबाही शाखा कास्कीले सभामुखलाई सम्बोधन गरी पत्र प्राप्त भएको र सम्पत्ति शुद्धीकरण निर्वारण ऐन २०६४ को दफा २७ मा प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्वन भएको मानिनेछ' भन्ने व्यवस्था रहेकोले सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ,' संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अर्याल कार्यवाहक सभापति
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको पक्राउका विषयमा अदालतको न्यायिक प्रक्रियालाई सघाउने निर्णय गरेको छ। सोमबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सघाएर जाने निर्णय गरेको हो।
त्यस्तै बैठकले पार्टीको कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याललाई तोकेको छ। पार्टी विधान २०७९ (संशोधन २०८१) को धारा २५ (४) (क) (९) बमोजिम पुस ६ गते पार्टी सभापति लामिछानेले अर्याललाई कार्यवाहक सभापति तोकिएको जारी विज्ञप्तिमा उल्लेख छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस