दुर्योधन श्रीकृष्णको शत्रु थिए र सम्धीपनि, द्रौपदीमार्फत श्रीमान्-श्रीमतीको सम्बन्धमा प्रेमको व्याख्या गरिएको छ
- गाउँ सहर डेस्क
- ३ भदौ शुक्रबार, २०७९ | ०९:३८:०० मा प्रकाशित
काठमाडाैँ । आज जन्माष्टमी । भगवान श्रीकृष्णले आज अवतार ग्रहण गरेका थिए । उनको जीवनको हरेक कथा, हरेक कुरा हाम्रो जीवनको लागि त्यति नै उपयोगी छ, जति महाभारत वा पछिको समयमा भएको थियो । कोरोना कालबाट गुज्रिरहेको विश्वले पछिल्लो दुई वर्षमा सम्बन्धको महत्वलाई गहिरोसँग बुझेको छ । जीवनका लागि परिवार र साथीभाई कति महत्वपूर्ण हुन्छन्, यो कोरोनाको त्रासदीलाई नजिकबाट देखेका हरेक व्यक्तिले राम्ररी बुझेका छन् ।
सायद धेरै कमलाई मात्र थाहा हाेला कि दुर्याेधनकाे अधर्मविरूद्ध श्रीकृष्णले त्यति ठूलाे युद्ध लडे । उनी दुर्याेधनका सम्धी थिए । दुर्याेधनकाे छाेरी लक्ष्मणा र श्रीकृष्णका छाेरा एक अर्कामा प्रेम गर्दथे । दुर्याेधनले स्वयंवरकाे आयाेजना त गरे तर श्रीकृष्णकाे परिवारलाई आमन्त्रण गरिएन । साम्बले हस्तिनापुर पुगेर लक्षमणालाई स्वयंवरबाटै हरण गरेका थिए । हस्तिनापुरकाे सेनाले उनलाई पक्रियाे । कुरा यतिसम्म बिग्रियाे कि बलराम साम्बलाई बचाउन हस्तिनापुर पुगे र युद्ध सम्मकाे चेतावनी दिए । तब श्रीकृष्ण आए । उनले दुर्याेधनलाई सम्झाए । उनले भने- हाम्राे लडाईंमा बच्चालाई मुछ्नु हुँदैन । त्यसपछि साम्ब र लक्ष्मणाकाे विवाह भएकाे थियाे ।
अर्काे महत्वपूर्ण कुरा, विवाहजस्ताे मंगल कार्यमा रक्सी र जुवाजस्ता नराम्रा कुरालाई टाढा राख्नुपर्छ, जुन यहाँबाट सिक्न सकिन्छ ।
श्रीकृष्ण सिकाएका कुरा धेरै छन् । उनले एकपटक भनेका थिए- काेहिव्यक्ति जतिनै सम्पतिकाे मालिक हाेस, उसले अतित भूल्नु हुँदैन, जहाँबाट उसकाे यात्रा सुरू भएकाे थियाे ।
समय र सहयाेगकाे बारेमा श्रीकृष्ण भन्छन्- यदि कसैले कुनैदिन उपकार गरेकाे छ, कुनै सहायता गरेका छ वा मुस्किल समयमा साथ दिएकाे छ भने उसकाे कर्जा तिर्न सदैब तयार हुनुपर्दछ ।
त्यस्तै सम्बन्ध बचाउनकाे लागि श्रीकृष्ण भन्छन्- सम्बन्धलाई हदैसम्मकाे तरिकाले बचाउने काेसिस गर्नुपर्छ । जीवनमा सम्बन्ध र आफ्ना सहयाेगीनै महत्वपूर्ण हुन्छन् ।
श्रीकृष्णको पारिवारिक र सामाजिक सम्बन्धमा आफ्नै दृष्टिकोण थियो । जन्माष्टमीमा उनले सिकाएका सम्बन्ध र दिगाेपनका धेरै कुरा सिक्न सकिन्छ ।
- आमालाई कहिल्यै जित्ने कोसिस नगर्नुहोस्, बरु हार्नुहोस् ।
- माता-पिताको इच्छाको अगाडि केहिचिज असम्भव छैन ।
- पति-पत्नीको सम्बन्ध अधिकारले होइन समर्पणले मजबुद हुन्छ ।
- आफ्नो साथी र दुश्मनीको असर बच्चामा पर्न दिनुहुँदैन, उनीहरुमा आफ्नो तरिकाले जिउने हक हुन्छ ।
- सम्बन्धमा नराम्रो तपाईंले ल्याउने हो, भगवानलाई दोष नदिनुहोस् ।
- हैसियतमा जतिनै ठूलो भएपनि आफ्नो औकात विर्सनु हुँदैन, भूतकाल विर्सनु हुँदैन ।
- कसैले मद्यत गरेको छ भने, कुनैदिन तिर्न नभूल्नुहोस् ।
- सम्बन्ध बचाउन अन्तिमसम्मको कोसिस गर्नुहोस् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस