विद्यार्थीकै ऊर्जा, प्रेरणा र उत्साहले भरिएको रिलायन्स कलेजको ऐतिहासिक समारोह
- २७ कार्तिक बिहीबार, २०८२ | २१:२५:०० मा प्रकाशित
काठमाडौं । रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडाैंकाे चाबहिल सरस्वतीनगरमा सञ्चालित कलेजले बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रम गरि २३ औँ स्वागत तथा २१ औँ बियदाइ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
शुभकामना मन्तव्य दिने क्रममा कलेजका सहायक प्रधानाध्यापक नन्दु कुशुवाहले संस्थाको स्थापना देखिका उपलब्धिहरू, शैक्षिक लक्ष्य र आगामी योजनाबारे प्रकाश पार्दै सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे। रिलायन्सले निरन्तर अब्बल नतिजा प्राप्त गर्नु र अग्रणी माविका रुपमा कसरी स्थापित भयो भन्नेबारे प्रष्ट पारेका थिए ।
प्रमुख अतिथि डा. शर्माले विद्यार्थीहरुले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जाेड दिँदै कक्षा १२ पछि पनि नेपालमै भविष्य खोज्नुपर्ने बताए । नेपालको शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागी जानुपर्न बाध्यात्मक अवस्था नेपाली विद्यार्थीले भोग्नु परेको र अब यसको विकल्प व्यवहारिक र प्राविधिक विषयका पढाइसहित राेजगारीमूलक शिक्षामा जाेड दिनुपर्ने बेला आएको बताए ।
.jpg)
रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष तथा कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले नयाँ विद्यार्थी स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक यात्राको शुभकामना दिँदै रिलायन्स कलेज सधैँभरि विद्यार्थीका लागि सारथी बन्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष थापाले भने-'कलेजले स्थापनाकालदेखि नै गुणस्तरमा सम्झौता नगरी विद्यार्थी र अभिभावकका उद्देश्य पूरा गर्नका लागि कलेज सदैव प्रतिबद्ध भएर लागेकाे छ । वर्षौँदेखि उत्कृष्ट नतिजाको निरन्तरता रहेको हुँदा यस्तो गौरवशाली गरिमा बोकेको शैक्षिक संस्थामा प्रवेश गर्ने सबै विद्यार्थीको भविष्य सोचे अनुरूप हुने विश्वास व्यक्त गर्न चाहन्छु । साथै, तपाईंहरुलाई हामीले विदाइ गरेका होइनौँ, नयाँ यात्राको उत्सवकाे रूपमा लिनुहाेला । कक्षा १२ उतिर्ण गरेका विद्यार्थीहरूका लागि कलेजमै स्नातक तहका विभिन्न विषयमा पढाइ हुन्छ । स्नातक तहका लागि राजर्षि जनक विश्वविद्यालयबाट बिसीए, बिएससीसिएसआइटी, बीबीए लगायतका विषयमा सम्बन्धन प्राप्त गरेको छ । त्यसका अलावा बिबिएस, बिएबिएसडब्लूका पनि पढाइ भइरहेकाे छ । अन्त कतै भाैतारिरहनु पर्दैन ।'
विशेष अतिथिका रुपमा साेही कलेजकी पूर्व विद्यार्थी महिला राष्ट्रिय फुटबल टीमकी खेलाडी दीपा शाहीले अनुशासन, मिहिनेत र सपना पछ्याउँदै अघि बढ्न सके सफलता हात पर्ने बताउँदै कलेजमा भएकाे खेलकूद कार्यक्रममा उत्कृष्ट हुन खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै सम्मान गरेकी थिइन्।
.jpg)
विशेष अतिथिका रूपमा युवा नेता मनोज वैद्यले विद्यार्थीहरूका लागि जहाँबाट पनि सार्वजनिक सवारी साधन चढेर पुग्न सक्ने पायक स्थान, अभिभावकले बेहाेर्न सक्ने समयसापेक्ष शुल्क र विद्यार्थीका लागि छनाेटका संकायदेखि विषयहरूसमेत धेरै रहेका कारण पनि विद्यार्थी र अभिभावकका लागि रिलायन्स कलेज उपयुक्त रहेकाे बताए ।
कार्यक्रम सञ्चालनसमेत गरेका इसिए/सिसिए कोअर्डिनेटर गोविन्द ढकालले पढाइसँगसँगै कलेजले जीवनाेपयाेगी अतिरिक्त क्रियाकलापमा पनि जाेड दिँदै आएकाे बताए ।
रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड सदस्य दामोदर निरौलाले विद्यार्थीहरूकाे उज्जव भविष्यकाे कामना गर्दै पढाइसँगसँगै योग, ध्यान र कला संस्कृतिलाई पनि जीवनसँग जाेड्दै लैजान अनुराेध गरे ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएकाे थियाे भने विद्यार्थीहरुले गायन, नृत्य र अन्य सिर्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा झण्डै तीन हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रि–प्राइमरीदेखि मास्टर्स डिग्रीसम्म अध्यापन, ६ सयभन्दा बढी कर्मचारी, ६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत एउटै छाताभित्र सम्भव तुल्याउने रिलायन्स एजुकेसन नेटवर्कले उदाहरणीय र अब्बल रूपमा रिलायन्स कलेज सञ्चालन गरिरहेकाे छ ।
प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठन शैली, प्रेरणादायी वातावरणका लागि सहजीकरण गरिदिने अनुभवी शिक्षक समूह, दिगो र चुस्त व्यवस्थापकीय समूह र पर्याप्त शैक्षिक सामग्री छन् । जहाँका विद्यार्थीहरू आज विश्वविद्यालय, मेडिकल, सेना, बैंकिङ, बीमा, सामाजिक संस्थामा काम गरिरहेका छन् भने केही त छात्रवृत्तिमा विदेशका विभिन्न नाम चलेका विश्वविद्यालयहरूमा पनि अध्ययनरत छन् । काममा पनि विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा कार्यरत रहेकाे कलेजले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस