मंसिर २१ सम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल : प्रमुख आयुक्त थपलिया
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | १७:५७:०० मा प्रकाशित
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि मंसिर २१ गते सकिने बताएका छन् । आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराएका छन् ।
‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं’ उनले भने, ‘आयोगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’
मन्त्रिपरिषद बैठकले निर्वाचन मंसिर ४ गते आइतबारका लागि गर्ने निर्णय गरेपछि आयोगमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले सो जानकारी गराएका हुन् ।
आयोगको परामर्शमै सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको उनले स्पष्ट पारे । निर्वाचन सफल बनाउन आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै शुरु गर्ने उनले बताए ।
आयोगलाई निर्वाचन गराउन सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध छ । निर्वाचनको आन्तरिक तयारीमा आयोग निरन्तर लागिरहेकाले सो समय आयोगलाई पर्याप्त रहेको उनको भनाइ छ ।
उनले दशैंको लगत्तै उम्मेदवारी दर्ताको कार्यतालिका बनाउने र उम्मेदवारी दिने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि त्यतिबेलै सकिने व्यवस्था गर्ने पनि बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
प्रतिकृया दिनुहोस