यस्ताे छ बिहीबारकाे माैसमी पूर्वानुमान, यी तटीय क्षेत्रमा बस्नेले उच्च सतर्कता अपनाउन आग्रह
- गाउँ सहर संवाददाता
- १९ श्रावण बिहीबार, २०७९ | ०६:५४:०० मा प्रकाशित

काठमाडाैं । आज बिहीबार मुलुककाे विभिन्न स्थानमा हल्का वर्षा भइरहेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
केही स्थानमा गएराति भएको भारी वर्षाका कारण बाढी आएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभाको भनाइ छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आजराति देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यसैबीच, गएराति देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । गएराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्वत, गोरखा र आसपासका केही स्थानमा पनि भारी वर्षा भएकाले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बिहानसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
दोलखामा पनि गएराति भारी वर्षा भएको छ । तामाकोशी नदी, गोंगर जगतमा जलसतह ४.५२ मिटरले बढेको छ । जलस्तरले सतर्कता तह पार गरेको र नदी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहनेले बिहानसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्युठान र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । लुङ्गरी नदीमा जलसतह ३.५८ मिटरले बढेको छ । नदीमा जलस्तरले सतर्कता तह पार गरेको बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागको आग्रह छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस