काराेबार चार अर्ब, नेप्से भने ओरालाे
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | १५:२३:०० मा प्रकाशित

काठमाडौं । साताकाे चाैथाे दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ओरालाे झरेकाे छ । आज नेप्से ६.७१ अंकले घटेर दुई हजार एक सय ८६ दशमलब ७७ विन्दुमा बन्द भएको छ ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा चार अर्ब २ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब २९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे।
आज कारोबार भएका कम्पनीमध्ये ९६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६१५.७० रुपैयाँ पुगेको छ । त्यस्तै, बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२९.७० रुपैयाँ पुगेको हो ।
नेप्सेका अनुसार आज स्ट्याण्डर्ड चाटएर्ड बैंक, गुलविल फाइनान्स र बोटलर्स नेपाल कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस