नेपाल साफ यू-२० च्याम्पियनसिपकाे फाइनल पुग्नबाट बाहिरियाे
- गाउँ सहर संवाददाता
- १८ श्रावण बुधबार, २०७९ | ०८:२६:०० मा प्रकाशित
काठमाडाैं । साफ यू-२० च्याम्पियनसिपको भारतले अन्तिम खेलमा बंगलादेशसँग जित हात पारेसँगै नेपाल भने फाइनल पुग्नबाट बन्चित भएकाे छ । भारत पराजित भएको अवस्थामा मात्र नेपाल फाइनल पुग्ने समिकरण थियो ।
अब उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् ।
मंगलबार राति भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टिम भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । भारतको जितमा खेलको अन्तिम मिनेटमा गुरकिरत सिंहले गोल गरेका थिए ।
यसअघि नेपालसँग १-१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । तर तेस्रो खेलमा आयोजक भारतसँग ८-० गोलले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना कठिन भएको थियो ।
अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको नेपालले ७ अंक जोड्यो । शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्यो भने दोस्रो स्थानको भारतले ९ अंक बटुल्यो ।
पाँच टिम सहभागी प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस