गाउँ सहर
६ लाख घुससहित पक्राउ परेका उपसचिवको गाडीमा भेटियाे साढे १६ लाख
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | २०:३१:०० मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिने सम्बन्धमा उपसचिव नेपालले घुस लिएका हुन् । उनलाई काठमाडौंको होटेल अर्यानाबाट प्रकाउ गरिएको हो ।
अख्तियारको टोलीले उपसचिव नेपालको कारबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ बरामदसमेत गरेको छ। उनी चढ्ने बा१झ ९९४६ नम्बरको कार खानतलासी गर्दा उक्त रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस