देशभर हल्कादेखि मध्यम वर्षा, यस्ताे छ प्रदेश अनुसार माैसम
- गाउँ सहर संवाददाता
- १६ श्रावण सोमबार, २०७९ | ०७:०६:०० मा प्रकाशित

काठमाडौं । आज साेमबार देशभर हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले (बिहान ६ बजे) मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको ले जनाएको छ ।
काठमाडौंका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको छ ।
महाशाखाले सोमबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा देशभर आउँदो बुधबारसम्म पानी पर्ने उल्लेख छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर रहेको महाशाखाले जनाएको छ ।
राति देशभर सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस