स्वास्थ्य

पछिल्लाे समय काेराेनाबाट मृत्यु संख्या बढ्याे, सक्रिय संक्रमित ४ हजार ५६७

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा ५ हजार ८४६ जनाकाे काेराेना परीक्षण गर्दा ६२० नयाँ संक्रमित पुष्टि भएका छन् । एक जनाकाे मृत्यु भएकाे छ ।

साे अवधिमा २९७ जनाले स्वास्थ्य लाभ गरेका छन् । साे अवधिमा खाेप लगाउनेकाे संख्या २५ हजार ४३६ रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा कुल सक्रिय संक्रमितकाे संख्या ४ हजार ५६७ पुगेकाे छ ।

देशमा काेराेनाबाट अहिलेसम्म ११ हजार ९६७ जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँ सहर संवाददाता