राजनीति

संघ र प्रदेशकाे चुनाव मङ्सिर ४ गते नै हुन्छ : प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे मङ्सिर ४ गते संघ र प्रदेशको चुनाव हुने बताएका छन् । 

आज शुक्रवार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवम् प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले आउँदाे मङ्सिर ४ गते नै संघ र प्रदेश सभाकाे चुनाव हुने पक्कापक्की भएको बताएका हुन् । उनले सरकारले केही दिनमै आउँदाे चुनावकाे मिति घोषणा गर्ने पनि जानकारी दिए । 

उनले भने, ‘मङ्सिर ४ गते चुनाव हुँदैछ । पक्कापक्की छ । केही दिनमा औपचारिकरूपमा त्यो घोषणा हुन्छ ।’ 

प्रवक्ता महतले आफ्नो आकाङ्क्षा र कुण्ठालाई त्यागेर आउँदाे चुनावकाे बारेमा सूचना प्रकाशन गर्न पनि प्रेस युनियनलाई निर्देशन दिए । उनले पार्टीमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे । 

 

गाउँ सहर संवाददाता