राजनीति

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा

काठमाडाैंं । नेकपा एमाले केपी शर्मा ओलीलाई नेपाल लोकतान्त्रिक शेर्पा संघले आगामी श्रावण २८ गते आयोजना गरिएको महाधिवेशनमा प्रमुख अतिथिको लागी उनकै निवासमा निमन्त्रण पत्र हस्तानतरण गरेका छन् । कार्यक्रमका केन्द्रिय सचिवालय संयोजक नामगेल शेर्पा र नेकपा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पुग्नु भएको छ ।

नेपाल लोकतात्रिक शेर्पा संघले श्रावण २८ गते आयोजना गरिएको उक्त महाधिवेशन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उद्घाटनमा कार्यक्रम सु-सम्पन्न हुने पक्का पक्की भएको छ । 

उक्त महाधिवेशनमा देशको सबै जिल्लाबाट २ हजार जना प्रतिनिधिहरु उपस्थित हुने भएको छ । कार्यक्रम स्मार्ट पार्टी प्यालेस काठमाडौं स्थान छनौट गरिएको छ ।

कार्यक्रम व्यवस्थापनको लागी ५०१ जना आयोजक कमिटी गठन भैसकेको छ । 

कार्यक्रमलाई थप व्यवस्थित एवं सार्न्दभिकता दिन उपसमिति गठन गरी आ-आफ्नो विभाग पनि सुम्पि सकेको अवस्था छ ।

गाउँ सहर संवाददाता