छोराको जन्म दिनमा उपहार स्वरुप धर्म र जबुनाले दिए बीमा पोलिसी
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | १०:११:०० मा प्रकाशित

भैरहवा । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन वर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।
परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक वर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।
सोही चलनको अनुसरण गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत धर्म एस के र उनको श्रीमती जबुना एस के ले आफ्नो छोराको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरा रमेश एस के लाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन जीवनसारथी बीमा योजना अन्तर्गत २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुँदा जीवन बीमा अतिआवश्यक रहेको बताए । जीवन बीमा गर्ने योजना पहिले नै बनाएको र विशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए ।
अन्य उपहार खरिद गर्दा खर्च हुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागि उपायोगी बचत हुने उनले जनाए ।
सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवाका क्षेत्रीय प्रमुख नरेश सिग्देलको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस