युवाहरु देशव्यापी रुपमा राष्ट्रवादी विचारमा आकर्षित भएको निष्कर्ष
- गाउँ सहर संवाददाता
- ११ श्रावण बुधबार, २०७९ | २०:१४:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनले युवाहरु देशव्यापी रुपमा राष्ट्रवादी विचारमा आकर्षित भएको निष्कर्ष निकालेको छ ।
‘वैकल्पिक शक्तिको रुपमा राप्रपाको अहिले देशव्यापी चर्चा छ, आकर्षण छ । अबको देश बनाउने शक्ति राप्रपा नै हो भन्ने युवाहरुमा विश्वास बढेको छ । जनताको यही चाहनालाई मध्यनजर गर्दै युवाहरु पार्टीको मेरुदण्डको रुपमा खडा हुनेछौं, चुनावमा दिलोज्यान दिएर लागी पर्ने छौं,’ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) का अध्यक्ष राजु लोहनीले वुधबार संगठनको विस्तारीत वैठकलाई सम्बोधन गर्दै भने ।
राप्रयुसंका अध्यक्ष लोहनीले आगामी चुनावमार्फत राप्रपालाई अग्रणी शक्ति बनाउन ७७ जिल्लामै युवाहरु अहोरात्र खट्ने बताए ।
विधि र विधानलाई सर्वोपरी राख्दै मातृसंस्था राप्रपालाई प्रजातान्त्रिक तवरले अघि बढ्न सहयोग गर्ने, खबरदारी गर्ने बताए ।
राप्रयुसंका उपाध्यक्ष गुणराज राजभण्डारीले बताए अनुसार, संगठनले भदौ मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
निर्धारीत कार्यतालिकाबमोजिम युवा संगठनले भदौ २९, ३० र ३१ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछ ।
त्यसैगरी युवा संगठनले साउन १५ गतेदेखि २५ गतेसम्म वडा, गाउँपालिका, नगरपालिका तह र साउन २६ गतेदेखि भदौ २ गतेसम्म प्रदेशसभा समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । भदौ ३ गतेदेखि १० गतेसम्म क्षेत्रीय समितिको निर्वाचन, भदौ ११ गतेदेखि १६ गतेसम्म जिल्ला कार्य समितिको निर्वाचन, भदौ १७ गतेदेखि २२ गतेसम्म प्रदेश समिति गठन गर्ने, भदौ २३ र २४ गते केन्द्रीय प्रतिनिधिहरुको निर्वाचन गर्ने तय गरेको छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विस्तारित वैठकले महाधिवेशनको कार्यक्रमहरु अनुमोदन गरेको छ ।
संगठनले २२५ सदस्यसहित केन्द्रीय समितिले विस्तार गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस