पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा नपाल्न लाेहनीकाे आग्रह
- गाउँ सहर संवाददाता
- ११ श्रावण बुधबार, २०७९ | १८:२७:०० मा प्रकाशित

काठमाडौं । राष्टि्रय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले बडामहाराजाधिराज पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।
'पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युकि्तसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य संचालन गर्ने प्रजातान्त्रिक परिपाटी व्यवहारमा लागू गरे । राज्य संचालनका वृहंगम नीतिहरु लागू गरेर विशाल नेपाल बनाए,' राप्रपा नेता लोहनीले वुधबार भने ।
त्यसकारण अन्य राजनीतिक दलहरुले विदेशीहरुको तस्बीर राखेर विदेशीहरु पुज्ने गरे पनि राप्रपाले नेपाल निर्माता पृथ्वीनारायण शाहलाई सर्वदा सम्मान गर्ने गरेको लोहनीको भनाइ थियो ।
'पृथ्वीनारायण शाहका नीतिहरु, २५० वर्ष पछि, अहिले पनि उतिकै सान्दर्भिक छन्,' लोहनीले भने । 'जसले जे भने पनि, बास्तवमा पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै हुन्, यसमा कुनै दि्वविधा छैन ।'
राप्रपा निकट राषि्ट्रय प्रजातान्त्रिक युवा संगठनको विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपाका पूर्वअध्यक्षले यस्तो विचार प्रस्तुत गरेका हुन् ।
'नेपाल दुई ढुंगा बीचको तरुल भन्ने पृथ्वीनारायण शाहको परराष्ट्र नीति अहिले पनि उतिकै सान्दर्भिक छ । निर्यात अत्यन्तै कमजोर र आयात मात्रै व्याप्त रहेको समयमा, विदेश बस्तुलाई रोक लगाउनु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु भन्ने शाहको दिव्यवाणी आर्थिक सम्पन्नताको सुत्र हो, जो हाल पनि अनुकरणीय छ,' लोहनीले भने ।
'नेपाललाई साझा फुलबारी बनाउने पृथ्वीनारायण शाहको देन अहिलेको अवधारणामा राषि्ट्रयता र समावेशीकरणको आधार हो, समावेशी राष्ट्रवाद हो । घुस लिने र दिने दुबैलाई दणि्डत गर्नुपर्छ भन्ने शाहको विचार, भ्रष्टाचार विरुद्धको उच्चतम व्यवस्था हो,' युवा भेलालाई सम्बोधन गर्दै लोहनीले भने ।
'पानी लाग्ने ठाउँमा खेती गर्नु, घर नबनाउनु । डाँडामा घर बनाउनु भन्ने पृथ्वीनारायण शाहको व्यवस्थापन अहिलेको भाषामा शहरी विकासको मोडल हो,' लोहनीले भने । 'त्यसकारण पृथ्वीनारायण शाहका कालजयी विचारहरु देश र समाज विकासका सुत्र हुन् ।'
युवा संगठनका अध्यक्ष राजु लोहनीले भेलालाई सम्बोधन गर्दै आगामी चुनावमार्फत राप्रपालाई अग्रणी शकि्त बनाउन ७७ जिल्लामै युवाहरु अहोरात्र खट्ने बताए । भदौभित्र युवा संगठनको महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका उनले सार्वजनिक गरे । युवा अध्यक्ष लोहनीले २२५ सदस्यसहित केन्द्रीय समितिले विस्तार गरेको जानकारी गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस