वातावरण

बुधबार थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ साउन ११ गते (बुधबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता