प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठकमा आज यी विधेयकमा छलफल हुँदै

काठमाडाैं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।  

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 

गाउँ सहर संवाददाता