आज श्रावणको दोस्रो सोमबार, शिवजीलाई किन श्रावण प्रिय लाग्छ ?
- गाउँ सहर डेस्क
- ९ श्रावण सोमबार, २०७९ | ०६:२९:०० मा प्रकाशित

शिवलिंगमा २१ बेल पत्र चढाउनुहोस र ऊँ नमः शिवाय मन्त्र जप गर्नुहोस् ।
काठमाडौँ । आज श्रावणको दोस्रो सोमबार । विहानै भगवान शिवजीलाई दर्शन गरिसक्नु भयो । आज शिवजीको विशेष पूजा गरिने परम्परा छ । शास्त्रका अनुसार प्राचिन कालमा माता सतीले आफ्नो पिता दक्षको हवन कुण्डमा आफ्नो देह त्याग गरेकी थिइन् । यसपछि माताले पर्वत राज हिमालयकोमा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । माता पार्वतीले शिवलाई पुनः प्राप्त गर्नको लागि श्रावण महिनामा कठोर तपश्या गरेकी थिइन् । देवीको तपस्याबाट प्रशन्न भएर शिवजीले पार्वतीको मनोकामना पूरा गरे र उनीसित विवाह गरेको थिए । श्रावणमा नै भोलेनाथको पत्नीको रुपमा पार्वती प्राप्त गरेका थिए । यसैकारण शिवजीलाई यो महिना विशेष प्रिय लाग्छ ।
विवाहित महिला आफ्नो पतिको लामो आयुको लागि आज व्रत बस्ने गर्दछन् । पावर्तीको तपश्या र प्राप्तिलाई यो व्रतको प्रतिकको रुपमा पाउन सकिन्छ । उनको त्यागले शिवजी प्राप्त भएकाले यसमा विश्वास गरिन्छ । र कन्याले राम्रो वरको प्राप्तिको लागि यो व्रत बस्ने गरिएको छ ।
सोमबार कुनै नदि वा तलाउमा आँटाको डल्ला माछालाई खुवाउनुहोस् । यो काम गरेको बेला ऊँ नमः शिवाय मन्त्र उच्चारण गर्नुहोस् । गाई-गोरुलाई खुवाउनुहोस् । दु:ख पाएका, गरिब, अशक्तलाई भोजन गराउनुहोस र धनको दान गर्नुहोस् ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- चुनौतीकाे चाङमा नयाँ गभर्नर पाैडेल, राष्ट्र बैंकलाई सही दिशाकाे खाँचाे
- पाद्नु लाज हो कि स्वास्थ्यको लागि फाइदाजनक, किन आउँछ पाद ? केहि रोचक तथ्य
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
प्रतिकृया दिनुहोस