भूमि आयोगको काम अघि बढाउन छलफल
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १९:५३:०० मा प्रकाशित

पथरी शनिश्चरे । राष्ट्रिय भूमि आयोगले मोरङको पथरी शनिश्चरे नगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरको भूमि सम्बन्धी समस्या समाधानका लागि सर्वपक्षीय समन्वय अघि बढाउनु पर्ने निर्णयमा पुगेको छ ।
छलफलमा, पालिकाको निर्वाचनपछिका जनप्रतिनिधिहरु सहितको सर्वदलीय सहयोग समन्वय समिति ( नगर र वडामा) पुनर्गठन प्रक्रिया अघि बढाएर जग्गा सम्बन्धी निवेदकहरुको सूचना प्रकाशन र नयाँ नापीको प्रक्रिया थालिने निर्णयमा पुगिएको आयोगका नगर सेवा केन्द्र प्रमुख ताराप्रसाद ढकालले जनाए ।
वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सम्मिलित छलफलमा आयोग जिल्ला अध्यक्ष सुशीला घिमिरे, विज्ञ सदस्य प्रेम भारती, नगर प्रमुख मोहनप्रसाद तुम्वापो सहितले आयोगले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराए । अघिल्ला आयोगले पुरा गर्न बाँकी रहेका अधुरा कामलाई पुरा गर्ने प्रक्रियामा वडा नम्बर ८ र १० मा नापी थालेको छलफलमा जानकारी गराइयो । वडा नम्बर १ बाट अधुरो कामका ५ सय ९५ वटा फायल आयोगमा पुगेको, वडा नम्बर ८ को केहि फाइल अन्तिम निर्णयको क्रममा पुगेको समेत जानकारी गराइएको छ । पहिले अधुरा कामको प्रक्रिया अघि बढाइएको भएपनि अव अधुरासँगै कम्प्युटरमा प्रविष्ट भएका फायल अन्तर्गतको नयाँ कामको पनि प्रक्रिया अघि बढाइने जिल्ला अध्यक्ष घिमिरेले जनाए ।उनले एउटाको बसोबास र पूर्जा अर्कैको भएका जग्गाको समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारीसँग समेत छलफल गरिरहेको जानकारी गराए ।
वडाध्यक्षहरुले सबैखाले समस्या केलाएर न्यायोचित हिसावले जोतभोगका आधारमा जग्गाधनी प्रमाण पूर्जा प्रदान गर्न सवैको सहकार्य आवश्यक रहेको कुरामा जोड दिए ।
नगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी १० हजार वटा आवेदन भरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस